|
विद्यार्थीले पालना गर्नुपर्ने नियमहरू |
|
कुनै पनि पेशाको पहिचानलाई उक्त पेशासँग आवद्ध सम्पूर्णवर्गको पहिरन,खानपान, व्यवहार तथा सोचले फरक पार्ने हुन्छ, त्यसकारण यस संस्थाले संचालन गर्ने परीक्षा तयारी कक्षामा भर्ना गर्न चाहने सर्म्पूण विद्यार्थीहरुले निम्न नियमहरु पूर्णरुपमा पालना गर्नु पर्नेछ :
१. कक्षा संचालनको लागि तोकिएको समय भन्दा कम्तिमा १० मिनट अगाडि नै मूलगेट भित्र प्रवेश गरि सक्नु पर्नेछ, कक्षा संचालन पश्चात् प्रवेश दिइने छैन।
२. सामान्यतया कक्षा संचालन समय देहाय बमोजिम हुनेछ :
बिहानी कक्षा: बैशाख देखि भाद्र मसान्त सम्म ६ बजे देखि १०:४५ सम्म
आश्विनदेखि चैत्र मसान्त सम्म ६:३० बजे देखि ११:१५ सम्म
दिवा कक्षा : वर्षभरी नै ११:३० बजे देखि ४:१५ सम्म
प्रत्येक हप्तामा ६ दिन विहान १ घन्टा २५ मिनेटका ३ वटा तथा दिउँसो आवश्यकता अनुसार ३ देखि ४ वटा सम्म कक्षा संचालन हुनेछ। एउटा कक्षा समाप्त भएपछि अर्को कक्षा संचालन पूर्व बीचमा १० मिनेट खाली समय हुनेछ तर उक्त समयमा कम्पाउन्ड बाहिर जान पाइने छैन। खाजाको लागि बिहानी कक्षाहरुमा प्रथम कक्षा पश्चात् तथा दिवा कक्षाहरुमा दोस्रो कक्षा पश्चात् २० मिनेटको अवधि छुट्याइएको छ। फाइनल तहको लागि हप्तामा ६ दिन आवश्यकता अनुसार २ देखि ३ घण्टाको एउटै कक्षा मात्र संचालन हुनेछ ।
३. उपत्यकाभित्र सार्वजनिक सवारीसाधन नचल्नेगरी घोषणा गरिएको वन्द तथा हडताल फिर्ता लिइएको खवर बेलुकी ८ वजे सम्मको समाचारमा प्रसारीत भएमा भोलिपल्ट विहानीका कक्षाहरु यथावत संचालन हुनेछन् साथै विहान ८ वजेसम्मको समाचारमा वन्द फिर्ताको खवर प्रसारीत तथा प्रकाशित भएमा दिवाकक्षाहरु यथावत संचालन हुनेछन् ।
४. विद्यार्थीहरुले ट्यूसन खर्च एकमुष्ट रुपमा भर्ना हुने समयमा नै भुक्तानी गर्नुपर्ने छ तर कक्षा सुचारु भएको ७ दिन भित्र जुनसुकै कारणले आफुले पढ्न नचाहेमा दर्ता शुल्क रु.२०० बाहेक सम्पूर्ण शुल्क फिर्ता गरिनेछ। यसको लागि सात दिन भित्रै खबर गरी शुल्क दाखिला गरेको रसिद सहित आफुले लिएको सम्पूर्ण पाठ्य सामग्री फिर्ता गर्नुपर्ने तथा भर्ना समयमा उपस्थित अभिभावक साथै ल्याउनु पर्नेछ। कक्षा शुरु भएको एक हप्ता पछि भने शुल्क फिर्ता हुनेछैन।
५. आफ्नो कक्षामा नियमित उपस्थित हुनु विद्यार्थीको कर्तव्य हुनेछ।
६. संस्थाबाट लिइने छात्रवृत्ति परीक्षा लगायत हरेक परीक्षामा संलग्न हुनुपर्नेछ।
७. संस्थाले पूर्वसुचना जारीगरी विदा घोषणा गरेको दिन बाहेक कुनै पनि सार्वजनिक विदामा कक्षा बन्द हुनेछैन।
८. कक्षा भित्र मोवाइल फोन बन्द गर्नुपर्नेछ।
९. मादक पदार्थ,धुम्रपान, मध्यपान,चुइङ्गम, पान,सुर्ती तथा पराग जस्ता पदार्थ सेवन गर्न पाईने छैन।
१०. ड्रेसको कलर नराखिएको भएता पनि सामान्य ड्रेसकोड अनुसार भलाद्मी पहिरनमा उपस्थित हुनुपर्नेछ।
११. अस्वभाविक तथा वेरुप हुनेगरी दारी तथा कपाल राख्नपाईने छैन।
१२. विद्यार्थी परिचय–पत्र वितरण नहुँदासम्म आफ्नो भर्ना रसिद लिएरमात्र उपस्थित हुनुपर्नेछ।
१३. आफ्नो कारणले अरुलाई असजिलो पर्ने व्यवहार गर्न पाईनेछैन।
१४. भर्ना हुने समयमा अभिभावक सहित विद्यार्थी स्वयंम् उपस्थित हुनुपर्नेछ।
१५. माथिका अतिरिक्त विद्यार्थीवर्गले समय–समयमा संस्थाबाट जारी गरिएका हरेक नियमहरु पालना गर्नुपर्नेछ।
१६. कुनै नियम पालना नगरिएको पाइएमा संस्थामा प्रवेश समेत निषेध गर्न सकिने छ। त्यस्तो अवस्था आइपरेमा यथाशिघ्र आफ्नो अभिभावक सहित संस्थाको प्रशासनमा सम्पर्क राख्नुपर्नेछ।
१७. कुनै विषयमा मतभेद वा विवाद भएमा सम्पूर्ण विद्यार्थीहरुको अधिकतम हितलाई ध्यानमा राखी संस्थावाट लिईने निर्णय नै अन्तिम तथा सवैलाई स्विकार्य हुनेछ ।
|