अभिभावकवर्गमा जानकारी तथा अनुरोध

१.चार्टर्ड एकाउन्टेन्सी कोर्षमा १० जोड २ वा सो सरहको परीक्षा उत्तीर्ण गरेका वापरीक्षाफलको प्रतिक्षामा रहेका जुनसुकै संकायका विद्यार्थीहरुले पहिलो तहमा दर्तागरी अध्ययन शुरुगर्न सक्नेछन्। तर परीक्षाफलको प्रतिक्षा गरिरहेका विद्यार्थीहरुले ६महिनाभित्र आफुले उक्त तह उत्तीर्ण गरी सोको प्रमाणपत्र पेश गर्नुपर्नेछ।

२.चार्टर्ड एकाउन्टेन्सी कोर्षको लागि विद्यालय तथा विश्वविद्यालयको जस्तो औपचारीककक्षा संचालन गर्ने छुट्टै विद्यालय तथा कलेज हुँदैन। हरेक देशमा विषेश कानुन अन्तर्गत एउटा छुट्टै संस्थाको स्थापना गरी उक्त संस्थालाई जिम्मेवारी प्रदान गरिएकोहुन्छ। नेपालमा यस्तो जिम्मेवारी नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन २०५३ अन्तर्गत नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थालाई प्रदान गरिएको छ। भारतमा यस्तो जिम्मेवारी दिइन्स्टिच्यूट आँफ चार्टर्ड एकाउन्टस् आँफ इन्डियामा निहित छ।

३.विद्यार्थीहरु आफ्नो रुची अनुसार सम्बन्धीत संस्थामा दर्ता भई परीक्षामा संलग्नहुन सक्नेछन्। परीक्षा तयारीका लागि विद्यार्थीहरु स्व–अध्ययन गर्न तथा ट्यूसनसंचालन गर्ने संस्थामा भर्ना हुन सक्नेछन्। आफुले चार्टर्ड एकाउन्टेन्सी कोर्षको लागि दर्ता गरेको संस्थावाट लिइने सम्पूर्ण परीक्षाहरु उत्तिर्ण भई अन्य आवश्यकप्रक्रियाहरु समेत पुरा गरीसकेपछि सोही संस्थाले चार्टर्ड एकाउन्टेन्टको प्रमाणपत्र प्रदान गर्दछ।

४.वि.सं. २०६१ सालमा स्थापित प्राईम चार्टर्ड ऐकेडेमी विद्यार्थीहरुलाई चार्टर्डएकाउन्टेन्सी परीक्षा तयारीको लागि आवश्यक ट्यूसन कक्षा संचालन गर्ने संस्था हो। यो आफ्नो स्थापनाकाल देखि नै चार्टर्ड एकाउन्टेन्सी कोर्षको अन्तिम तहसम्मको परीक्षातयारी कक्षाहरु संचालन गर्ने देशको एकमात्र अग्रणी संस्था हो। यस ऐकेडेमीमा आफ्नो परीक्षा तयारी कक्षाका लागि भर्ना भएका विद्यार्थीहरुलाई ख्यातीप्राप्त तथा अनुभवीस्रोत व्यक्तिहरुवाट नियमित कक्षा संचालन गर्ने,आवश्यक शैक्षिक सामाग्री उपलव्धगराउने, समय–समयमा छात्रवृत्ती परीक्षा गराई प्रतिस्पर्धात्मक वातावरणमा हौसला प्रदान गर्ने जस्ता कार्य गरिन्छ। यस ऐकेडेमीमा नेपाल तथा भारत,दुवै देशकोचार्टर्ड एकाउन्टेन्सी कोर्षमा अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिन्छ।

५.विद्यार्थी सफलहुनमा मुख्यतया विद्यार्थी आफै मेहनती,धैर्यवान,अनुशासित तथाजिम्मेवारी वोध गर्ने गुणले युक्त हुनुपर्दछ। यसका अतिरिक्त अभिभावक,सम्वन्धितविषयमा दखलता प्राप्त अनुभवी स्रोतब्यक्ति लगायत ट्यूसन संचालक संस्थाको भुमिका कम महत्वपूर्ण हुंदैन। यस ऐकेडेमीले प्रत्येक विद्यार्थीको कक्षा संचालन अवधिकोव्यक्तिगत विवरणको फाइल राख्ने गरेको छ। तसर्थ समय–समयमा आफै उपस्थित भई आफ्नोविद्यार्थीको वारेमा जानकारी लिनु हुन सम्पूर्ण अभिभावक वर्गमा अनुरोध गरिन्छ।

६.शिक्षाको गुणस्तर कायम गर्नको लागि सिमित विद्यार्थीहरुमात्र भर्ना गर्नुपर्नेवाध्यता भएकोले आफुले दाखिला गर्नुपर्ने सम्पूर्ण शुल्क भुक्तानी गरी सिट सुरक्षित नगरिएको अवस्थामा फाराम खरीद गरिएकै अधारमा सिट सुरक्षित हुनेछैन।

७.विद्यार्थीहरुको हितको लागि संस्थाले बनाएको नियमहरु पालना गर्ने सम्बन्धमासहयोग गरिदिनु हुन अनुरोध गरिन्छ।